Kathmandu Press

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा. भुसाल

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा. भुसाल
Hardik ivf

काठमाडाैं, साउन २१ : नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. वेदुराम भुसालले पाएका छन्।

नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल आजदेखि आगामी भदौ १ गतेसम्म ती देशको भ्रमण गर्ने कार्यक्रम तय भएकाले उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्