भारतको लोकसभामा राहुल गान्धीकाे सांसद पद बहाल
गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानि मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि लेकसभाले आज (सोमबार) बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो।काठमाडौं, साउन २२ : भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ। लोकसभाले पद बहाल रहेको सूचना निकाले लगत्तै कांग्रेस आईका कार्यकर्ताले खुसीयाली मनाएका छन्।
सुरत अदालतले आपराधिक मानहानि मुद्दामा दाेषी ठहर गरेपछि लोकसभाले गान्धीलाई सांसदबाट हटाएको थियाे। तर गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानि मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि लेकसभाले आज (सोमबार) बिहान उनको सांसद पद कायम रहेको सूचना निकालेको हो।
सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो। उनी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन्।
उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर बिजेपीका सांसदले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए। साे मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो। त्यो फैसलामाथि गान्धीले सर्वोच्च अदालतमा रिट हालेका थिए।