Kathmandu Press

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडाैं, साउन २२ : साउन सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ।

साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन्।

साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। 

Hardik ivf

पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भिडभाड देखिन्छ।

सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए। बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ। 

बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतबार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए। बिहान सबेरै स्नान गरी शुद्ध जल लिएर आएका भक्तजनले अहिले जल अर्पण गरिरहेका छन्।

RG_Bhaktapur-IMG_20281691392046.jpg

आज बेलुकी भक्तजनको लाम रहेसम्म चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिने कोषले जनाएको छ।

यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर रहेको छ। प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्नुहुने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ। साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ। 

HRB_KTM_20230717061443_IMG_24151691392088.jpg
 
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ।

यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ। देशभरका ठूला, साना शिवालयमा पनि भक्तजनको लाम लागेको जनाइएको छ।

KDN-dang-20230807_0830271691392008.JPG

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्