Kathmandu Press

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, साउन २२ : देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । 

नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति: ०८:४७ बजे, सोमबार, साउन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्