Kathmandu Press

सामाखुसी खोला पुरानै स्वरूपमा फर्काइने

असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो।
सामाखुसी खोला पुरानै स्वरूपमा फर्काइने

काठमाडौं, साउन २१ : महानगरपालिकाले सामाखुसी खोला पुरानै स्वरुपमा फर्काउने सफा गर्न थालेको छ।

असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो।

खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फmलामको बार लगाइने महानगरले जनाएको छ।

सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो।

Samakhusi River (6)1691331484.jpg

प्रकाशित मिति: २०:०२ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्