Kathmandu Press

मौलिक हकलगायत विषय कार्यान्वयन हुन नसकेकोमा आपत्ति

टक सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको संविधन कार्यान्वयन–जनप्रतिनिधिको भूमिका बिषयक कार्यक्रममा उनीहरुले संविधान जारी भएको लामो समय हुँदा पनि मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेको भन्दै आपत्ती जनाएका हुन्।
मौलिक हकलगायत विषय कार्यान्वयन हुन नसकेकोमा आपत्ति

काठमाडाैं, साउन २१ : संविधानमा लेखिएको मौलिक हकलगायत विषय कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन्।

टक सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको संविधन कार्यान्वयन–जनप्रतिनिधिको भूमिका बिषयक कार्यक्रममा उनीहरुले संविधान जारी भएको लामो समय हुँदा पनि मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेको भन्दै आपत्ती जनाएका हुन्।

Hardik ivf

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य कुन्दनराज काफ्लेले संविधानमा लेखेका कुराहरु जनतामा हुबहु लागू गर्ने दायित्व राज्यको भएको बताए। उनले स्वास्थ्य, शिक्षा लगाएतका विषयमा उल्लेख अधिकार कार्यान्वन नहुदा जनतामा निराशा छाएको धारणा राखे।

त्यस्तै कोशी प्रदेशसभा सदस्य भूपेन्द्र राईले संविधानमा विभिन्न संवैधानिक आयोगहरु गठन गरेर सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने व्यवस्था गरे पनि आयोगले पूर्ण रुपमा काम गर्न नसकेको बताउनुभयो । उहाले आयोग राजनीतिक भर्ति केन्द्र मात्रै हुने गरेको आरोप लगाए। चुनाव आउँदा घर घरमा बाटो बिजुली र अधिकारको आश्वासन पुगेपनि मतदानपछि पाँच बर्षका लागि हराउने गरेको उनले बताए।

त्यस्तै गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनले कार्यान्वयन गर्न सक्ने कुराहरुलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारहरुले काम अघि बढाउनुपर्ने र जनतालाई झुटो आश्वासन दिन नहुने बताए।

प्रकाशित मिति: १७:४६ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्