सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ नै हुँदैन
उनले भनिन्. ‘यदि सांसदहरुको कुरा सुनिँदैन भने जनता आँफै सडकमा ओर्लिएर आफ्नो न्याय र हक अधिकारका लागि लड्नुपर्छ।’
काठमाडौं, साउन २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले, सांसदहरुले बोलेका कुरा समेत सुनुवाइ नभएको गुनासो गरेकी छन्।
आइतबार मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँगको छलफल कार्यक्रममा उनले, सांसदका कुरा समेत राज्य सत्ताले नसुन्ने गरेको भन्दै आफुमाथि भएको अन्याय अत्याचारको लागि आफैँले आवाज बुलन्द गर्नुपर्ने बताइन् ।
उनले भनिन्. ‘यदि सांसदहरुको कुरा सुनिँदैन भने जनता आँफै सडकमा ओर्लिएर आफ्नो न्याय र हक अधिकारका लागि लड्नुपर्छ।’
सबैले मानव अधिकारको उलङ्घन र अधिकार हननको विषयमा आवाज उठाउनु पर्ने उनको भनाई छ।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












