Kathmandu Press

उदयपुरमा सरोकारवाला निकायले थाल्याे जिल्लामा खोज र नष्ट गर अभियान

उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखि १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछी डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो।
उदयपुरमा सरोकारवाला निकायले थाल्याे जिल्लामा खोज र नष्ट गर अभियान

उदयपुर, साउन २१ : उदयपुरमा १९ दिनको अन्तरालमा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएपछि जिल्लाका सरोकारवाला निकायले बजार क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु गरेका छन्।

उदयपुर जिल्लामा श्रावण महिनाको १ गते देखि १९ गतेसम्ममा सरकारी अस्पतालहरुमा ४३८ जनाले डेंगु संक्रमणको जाँच गराएकोमा १२४ जनामा डेंगु पोजेटिभ पाइएपछी डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने भन्दै सरोकारवाला निकायले जिल्लामा खोज र नष्ट गर अभियान सुरु गरेको हो।

udayepur_Moment tntqh53h531691317740.jpg

Hardik ivf

आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, तीनै वटै सुरक्षा निकाय प्रमुख तथा कर्मचारी, उदयपुर उधोग वाणिज्य संघ, गैसस महासंघ, त्रियुगा उधोग वाणिज्य संघ, हुरेन्डेक लगायतका संस्थाको उपस्थितिमा जिल्लामा खोज र नष्ट गर अभियान संचालन गरिएको हो। उदयपुर जिल्लामा संक्रमण तिब्र हुनथालेपछी डेंगी लामखुट्टे बस्नेत स्थान नष्ट गर्ने अभियान सुरु गरिएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

udayepur_Moment tjq5jh5q53q1691317738.jpg

त्रियुगा नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र  जिल्ला प्रशासन कार्यालयको समन्वयमा डेंगु सङ्क्रमणलाई सार्न सक्ने लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नस्ट पार्ने काम गरिएको त्रियुगा नगरपालिकाका उप्रप्रमुख महेस्वरी राइले जानकारी दिए।

udayepur_Moment teh5qh54y41691317732.jpg

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा २६९ जनामा गरिएको डेंगु परिक्षणमा ८३ जनामा संक्रमण पुष्टि भएपछि नगरले आफ्नो पालिका क्षेत्र भित्र फगिंङको काम समेत सुरु गरिएको उनले बताए।

कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी एवं दीर्घ रोघ लागेका बिरामीलाई डेंगु सङ्क्रमण भए आराम र पौष्टिक आहार प्राप्त नभए ज्यानसमेत जानसक्ने स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जीवी निरौलाले जानकारी दिए।

udayepur_Moment thq5th53q1691317736.jpg

udayepur_Moment thq5h41691317734.jpg

udayepur_Moment gtehq5th531691317731.jpg

 

प्रकाशित मिति: १५:५२ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्