Kathmandu Press

आगामी मन्त्रिपरिषदमा संघीय निजामती ऐन पेस गरिने 

ऐनका लागि अन्तिम रुप दिइएको मस्यौदा मन्त्रिपरिषदबाट पारित भएपछि विधेयकको रुपमा प्रतिनिधिसभामा प्रवेश गरिनेछ।
आगामी मन्त्रिपरिषदमा संघीय निजामती ऐन पेस गरिने 

काठमाडौं, साउन २१ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गरिने भएको छ। 

ऐनका लागि अन्तिम रुप दिइएको मस्यौदा मन्त्रिपरिषदबाट पारित भएपछि विधेयकको रुपमा प्रतिनिधि सभामा प्रवेश गरिनेछ। मन्त्रालय स्रोतका अनुसार संघीय निजामती ऐनका लागि सबै तयारी सकिएको छ। यसअघि विभिन्न सरोकारवालासँग मस्यौदाको बिषयमा राय परामर्श लिइसकिएको छ।

ऐनको अन्तिम मस्यौदामा अर्थ मन्त्रालय र कानून मन्त्रालयबाट पनि सहमती जुटिसकेको जनाइएको छ। आगामी क्याबिनेटमा दर्ता गरी निर्णय लिने तयारी भएको छ। 
 

प्रकाशित मिति: १५:२७ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्