Kathmandu Press

तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु

पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
तारकेश्वरमा पहिराले घर पुरिँदा दुईको मृत्यु
Hardik ivf

काठमाडौं, साउन २१ : काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।  

तारकेश्वर –५ चो गाउँमा गए राति आएको पहिराले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चोगाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गए राति घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो। सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:०२ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्