अब पर्वतको द क्लिफमा वाल क्लाइम्बिङको मज्जा
करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । बिले गाइड को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ ।1691290763.jpeg)
काठमाडौं, साउन २१ : बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको द क्लिफले नयाँ एड्भेन्चर वाल क्लाइम्बिङ सुरु गरेको छ ।
करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको हो । बिले गाइड को मद्दतले वाल चड्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य हुन्छ ।
आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उदेश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्की बताउँछन् ।
द क्लिफको ब्रीज प्रवेश शुल्क ५ सय तिरेपछी सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिन्छ । सो टिकट बिना चड्नेले ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
पोखराबाट ५५ किलोमिटर दूरीमा कुश्मा पुग्न सकिन्छ ।
प्रकाशित मिति: ०८:४३ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












