Kathmandu Press

उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । 
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसले भारतको उत्तराखण्डको केदारनाथ गौरीकुण्ड नजिक बेपत्ता नेपालीको खोजी गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिवार एक विज्ञप्ति जारी गरी भारतको उत्तराखण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न र उद्धार गरिएकाको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । 

Hardik ivf

“पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दुःखद छ, बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ, यस दुःखद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ”, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले उद्धार गरेका व्यक्तिलाई स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग पहल गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार रातिदेखि आएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका ११ जना वेपत्ता भएका छन् ।

प्रकाशित मिति: ०८:१० बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्