Kathmandu Press

कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने

शनिबार नेपाली कांग्रेस काभ्रेको कार्यालयमा केन्द्र तथा प्रदेशबाट खटिएका प्रतिनिधी, जिल्ला कार्यसमिति, जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी समेतको सहभागितामा अभियानको तयारी बैठक गरिएको छ।
कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने

काभ्रे, साउन २० : पार्टी संगठनलाई नयाँ गति दिन नेपाली कांग्रेस काभ्रेले ‘आन्तरिक विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। केन्द्रीय समितिको निर्देशन अनुरुप कांग्रेस काभ्रेले अभियान थालेको हो।

शनिबार नेपाली कांग्रेस काभ्रेको कार्यालयमा केन्द्र तथा प्रदेशबाट खटिएका प्रतिनिधी, जिल्ला कार्यसमिति, जनप्रतिनिधिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधी समेतको सहभागितामा अभियानको तयारी बैठक गरिएको छ।

केन्द्रीय कार्यसमितिको बैठकले साउन २० देखि ३० सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गर्दै ७७ जिल्लामा प्रतिनिधि खटाएको थियो।

Hardik ivf

जिल्ला सभापति तीर्थ लामाका अनुसार अभियानअन्तर्गत विधान बमोजिम गठन गर्नुपर्ने विभिन्न जिल्लास्तरीय विभाग (शाखा) गठन गरी त्यसलाई पूर्णता दिइनेछ। जिल्ला कार्यसमितिका प्रत्येक पदाधिकारी र सदस्य शाखा वा भूगोलको जिम्मेवारी दिइनेछ । प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र र स्थानीय तह र वडा तहसम्म पनि जिल्लाबाट प्रतिनिधि खटिएर कार्यसमितिहरुलाई पूर्णता र विभागहरु गठन गरिनेछ।
 
अभियान अन्तर्गत ‘गाउँ सेवा दल’ गठन गरिनेछ । स्थानीय तह कार्यसमिति अन्तर्गत रहने ‘गाउँ सेवा दल’मा जनताले व्यहोर्नुपर्ने विविध प्रकृतिका आकस्मिक घटनाहरु, व्यवहारिक सहजीकरणका अपेक्षाहरु, सामाजिक, प्रशासनिक एवं अन्य विविध सन्दर्भमा जनसेवा गर्न तत्पर पार्टी सदस्यहरुको टिम निर्माण गरिनेछ । मानवीय सेवाका यस्ता विषयमा रुचि राख्ने युवाहरूलाई यो संरचनामा विशेष प्राथमिकता दिनुपर्ने कांग्रेसले जनाएको छ।

आवश्यकता अनुरुप वडा र टोल नेतृत्व अन्तर्गत पनि गाउ सेवा दल गठन र परिचालन गर्न सकिनेछ। अभियान अन्तर्गत नै  जिल्लास्थित भ्रातृ संघ एवं शुभेच्छुक संस्थामा ती संस्थाको विधान अनुरुप गठन गरिनेछ।

364434259_604322015216348_9210629283396305524_n1691241685.jpg

अभियान पश्चात जिल्ला लगायत मातहतका सबै तहका कार्यसमितिले पूर्णता पाउने, सबै तहमा बैठक र सम्मेलन नियमित हुनुका साथै तहगत वार्षिक कार्यतालिका बन्ने, पार्टी र जनप्रतिनिधिको सम्बन्ध प्रभावकारी हुने र तल्लो तहसम्म कांग्रेस कार्यकर्तामा उत्साह बढ्ने कांग्रेसको अपेक्षा छ।

शनिवार पार्टी कार्यालयमा भएको छलफलमा कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले नेता भन्दा पार्टी लोकप्रिय हुने गरी काम गर्नुपर्ने बताए । उनले आफ्नो काम र दायित्व पुरा गरेर मात्रै अरुको आलोचना गर्न अनुरोध गर्दै उनले पार्टीले सञ्चालन गरेको अभियानले संगठन मजबुद बनाउन सहयोगी हुने अपेक्षा गरे । कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले पार्टीकै विरुद्धमा नलाग्न अनुरोध गरे।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सहमहामन्त्री जीवन डंगोलले पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने बताए । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचााई मन्त्री रहेका कांग्रेस जिल्ला सभापति तीर्थबहादुर लामाले विगत गल्ती, कमजोरी सच्याएर आए पार्टी एकतावद्ध बनाएर लैजान सकिने बताए । संगठित कांग्रेस बनाउन सबै लाग्नुपर्ने भन्दै काभ्रेका १ सय ३५ वटै वडा र ८ सय टोल समितिमा अभियान अन्तर्गत कार्यक्रम गरिने बताए।

क्षेत्र नं. १ (क)का लागि प्रदेश प्रतिनिधि गीता सिंखडा, क्षेत्र नं. १ (ख)का नानु दाहाल, क्षेत्र नं. २ (क)का सरु बानियाँ, क्षेत्र नं. २ (ख)का तारा पन्त, बाग्मती प्रदेश सदस्य गुमान सिं लामा, नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरी, जिल्ला सदस्य अच्युत पौडेल, मानबहादुर तामाङ, निरबहादुर लामा, काभ्रे क्षेत्र नं. १ का सभापति दिनेश लामा, क्षेत्र नं. २ (ख) का सभापति रामहरी श्रेष्ठ, क्षेत्र नं. २ (क) का सभापति हेम तामाङ, क्षेत्र नं. १ (क) का सभापति राम योञ्जनलगायतले अभियान सफल बनाउन सबै तह र तप्का लाग्नुपर्ने बताए।

अभियान अन्तर्गत नेपाली कांग्रेस काभ्रले क्षेत्र नं. १ मा रमेशप्रसाद हुमागाई, क्षेत्र नं. २ मा ठाकुरप्रसाद न्यौपाने, क्षेत्र नं. १ (क) मा गुणराज मोक्तान, क्षेत्र नं. १ (ख) मा रविन्द्र सिग्देल, क्षेत्र नं. २ (क) मा समिर व्याञ्जु, क्षेत्र नं. २ (ख) मा माधव ढकाललाई प्रतिनिधिको रुपमा खटाएको छ।

बनेपामा प्रचण्डराज प्रधान, पनौतीमा जगन्नाथ गिरी, धुलिखेलमा इश्वरी ओझा, पाँचखालमा अच्यूत पौडेल, नमोबुद्धमा हर्षजित लामा, मण्डनमा नारायण तिमल्सिना, भुम्लुमा सुन्दरमणि आचार्य, चौरीदेउरालीमा माधव पन्त, तेमालमा सि।बी लामा, रोशीमा सार्कीमान बल, महाभारतमा सन्त लामा, खानीखोला राजेशराज महत र बेथानचोकमा गोविन्दबहादुर थापालाई प्रतिनिधि खटाउने निर्णय नेपाली कांग्रेस काभ्रेले गरेको छ ।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्