Kathmandu Press

पत्रकार बाबुराम विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, कांग्रेस नेता मीनेन्द्र रिजाल लगाएतले उक्त पुस्तक विमोचन गरेका हुन्।
पत्रकार बाबुराम विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक

काठमाडाैं, साउन २० : पत्रकार बाबुराम विश्वकर्माको पुस्तक भूराजनीतिको भार सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, कांग्रेस नेता मीनेन्द्र रिजाल लगाएतले उक्त पुस्तक विमोचन गरेका हुन्।

Hardik ivf

पुस्तकमा नेपालमा सत्ता र शक्तिका लागीमात्र राजनिति गरिरहेका पुरातनवादी नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदानको भुमरीमा फस्दै गएको विषय उल्लेख गरिएको छ।

कार्यक्रममा पूर्व प्रधानन्यायधीश श्रेष्ठले मुलुकको कुटनीति सन्तुलनमा रहन नसकेको र उत्पादनशिल बाटो समाप्त नसकेको बताए।

दुई छिमेकी मुलुक उन्नत हुने र नेपाल अनुन्नत भइरहने अवस्थाले भूगोलले जिते पनि राजनीतिले हारेको अनुभूती भएको उनले बताए।

विश्वकर्माको पुस्तक भूराजनीतिको भारमा मुलुकको संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश निति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुनुपर्ने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ। 

प्रकाशित मिति: १७:४७ बजे, शनिबार, साउन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्