चामल, दाल र चिनीको आयात घट्यो
गत वर्ष धान उत्पादनमा वृद्धि भएकाले चामल आयतमा कमी आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग जनाएको छ।
काठमाडौं, साउन २० : नेपालमा पछिल्लो समय चामलको आयात उल्लेख्य मात्रामा कमी भएको छ।
गत वर्ष धान उत्पादनमा वृद्धि भएकाले चामल आयतमा कमी आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग जनाएको छ।
विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले आर्थिक वर्ष ०७७÷७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन चालम आयात भएकोमा ०७९÷८० मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको बताए।
उनले डिमाण्ड सप्लाईमा केही कमी भएको जस्तो देखिए पनि आयात कम भएको बताए।
त्यस्तै दाल र चिनीको आयातमा पनि प्रत्येक बर्ष उल्लेख्यरुपमा कमी आएको पनि उनको बताए।
प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












