आँखा पाक्ने रोगको प्रकोपले जनकपुरधामका शैक्षिक संस्था एक साता बन्द
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो।
काठमाडौं, साउन १९ : जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो।
आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द रह्ने जनाइएको छ ।
प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, साउन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
