Kathmandu Press

आँखा पाक्ने रोगको प्रकोपले जनकपुरधामका शैक्षिक संस्था एक साता बन्द 

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो। 
आँखा पाक्ने रोगको प्रकोपले जनकपुरधामका शैक्षिक संस्था एक साता बन्द 

काठमाडौं, साउन १९ : जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो। 

आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म नगरभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द रह्ने जनाइएको छ ।
 
प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, साउन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्