Kathmandu Press

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए।
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
Hardik ivf

काठमाडौं, साउन १८ : भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले आज वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिए। साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उनले बताए। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्