Kathmandu Press

बर्दियामा स्थानीयद्वारा वडा कार्यालय घेराउ

आफूहरुको धानबाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरुले वडा कार्यलय घेराउ गरेका हुन्।
बर्दियामा स्थानीयद्वारा वडा कार्यालय घेराउ

बर्दिया, साउन १८ : बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यलय घेराउ गरेका छन्। 
आफूहरुको धानबाली डुबानमा पर्दासमेत सरकारले त्यसको रोकथामका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै उनीहरुले वडा कार्यलय घेराउ गरेका हुन्। स्थानीयले घेराउपछि उनीहरुले वडा कार्यालयमा तालासमेत लगाएका छन्। 

१०/१२ वर्ष अघिबाट चलन चल्तिको झरना प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरिएकाले सो क्षेत्रमा २ सय बिगाह बढी धानवाली डुबानमा परेको स्थानीयको गुनासो छ।

बर्खा याममा डुवान पर्ने भन्दै यसअघि समस्या समाधानका लागि न्यायीक समितिमा उजुरी दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीय नरजंग शाहीले बताएका छन्। 

वडाध्यक्षले समस्या समाधान गर्छु भने आश्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफुहरु बाध्य भएर वडा कार्यलय घेराउ गर्न आएको शाहीको भनाइ छ। 

यस्तै, स्थानीय सुरेन्द्र चौधरीले मागहरु सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। स्थानीयहरुले वडा कार्यालय घेराउ गरेपनि वडा अध्यक्षले आफू वडा कार्यलय आउन नसक्ने भन्दै पन्छीएको आरोप लगाएका छन्।

यता वडाअध्यक्ष रामु थारुले न्यायीक समितीले समस्या समाधान गर्ने भनेर खवर आएको र न्यायीक समितीमार्फत समस्या समाधान गरिने बताएका छन्।

 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्