Kathmandu Press

आफ्नै फार्मेसी सञ्चालन नगरे कारवाही गर्ने स्वाथ्य मन्त्रालयका चेतावनी 

मन्त्रालयले यही साउन १६ गते सबैखाले अस्पताललाई पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो।
आफ्नै फार्मेसी सञ्चालन नगरे कारवाही गर्ने स्वाथ्य मन्त्रालयका चेतावनी 

काठमाडौं, साउन १८ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन सबै अस्पताललाई लिखित निर्देशन दिएको छ।

आफ्नै फार्मेसी नभएका अस्पतालहरुले सञ्चलनमा नल्याए कारवाही गर्ने चेतावनीसमेत मन्त्रालयले दिएको छ। मन्त्रालयले यही साउन १६ गते सबैखाले अस्पताललाई पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो।

निर्देशनको पालना नभए कानुनबमोजिम कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

359536281_1337104857223729_8224918046651424022_n1691049246.jpg

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, साउन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्