Kathmandu Press

सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए।
सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण

काठमाडौं, साउन १७ : ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन।

सडक विभागले ग्वार्को चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो। ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

Hardik ivf

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए। उपत्यकामा ग्वार्कोसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो।

‘पहिलो चरणमा ग्वार्को चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ,’ उनले भने। यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए। सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्ने उनले बताए।

यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ। ग्वार्को चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन ९इपिसी० मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए। यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो। त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ। विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्को फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ । अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ।

अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उनले बताए। बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ। चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना  छ।

प्रकाशित मिति: २०:२५ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्