Kathmandu Press

‘भीमदत्तले उठाएका किसानका समस्या अहिले पनि उस्तै’

भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले कृषि क्रान्ति सफल भएमात्रै सबै वर्ग, जाति र क्षेत्रको हित हुने बताए।
‘भीमदत्तले उठाएका किसानका समस्या अहिले पनि उस्तै’

काठमाडाैं, साउन १७ : किसान नेता भीमदत्त पन्तका अधुरा सपना पूरा भए मात्रै नेपाली किसान आन्दोलन सफल हुने आज काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औँल्याएका छन्। 

भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले कृषि क्रान्ति सफल भएमात्रै सबै वर्ग, जाति र क्षेत्रको हित हुने बताए।

Hardik ivf

अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रले आयोजना गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुनिलकुमार मानन्धरले भीमदत्त पन्त नेपाली किसान आन्दोलनका लागि प्रेरणाका स्रोत भएको उल्लेख गर्दै उहाँका अधुरा सपना पूरा गरेमात्रै मुक्ति पाइने बताए।

'भीमदत्त पन्त किसान आन्दोलनको प्रेरणाको स्रोत हो, उहाँले त्यो बेला उठाएका किसानका समस्या अहिले पनि उस्तै छन्, व्यवस्था फेरिए पनि किसानको अवस्था फेरिएको छैन, भीमदत्तले देखाएको बाटोमा हिँडेमात्रै किसानको मुक्ति हुन्छ,' मानन्धरले भने। 

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भीमदत्तको जीवन प्रस्तुत गर्दै उहाँको सङ्घर्षले किसान आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएको बताए। श्रेष्ठले पन्तले उठाएको किसान आन्दोलनको उत्तराधिकारी आफूहरुको सङ्गठन भएको दाबी गर्दै पन्तले देखाएको बाटोबाटै किसानको मुक्ति हुने बताए। 

महासङ्घका वरिष्ठ उपाध्यक्ष सेसुराम भण्डारीले भीमदत्तलाई किसानले युगौंँयुगसम्म सम्झिरहने उल्लेख गर्दै किसानको सङ्घर्षका लागि प्रेरणाको स्रोत बनेको बताए। चलचित्र ‘भीमदत्त’ नायक तथा निर्माता नवल खड्काले भीमदत्त पन्तको जीवन र बलिदानलाई सम्झेर आफू निकै रोएको बताए।

महासङ्घका महासचिव नहेन्द्र खड्काले कृषि क्रान्ति, किसान सङ्घर्ष, सामाजिक न्याय र समाजवादमा पुग्न भीमदत्त जस्ता योद्धाले देखाएको बाटोबाट मात्रै सम्भव भएको बताए। उनको आज स्मृति दिवस हो।

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्