Kathmandu Press

प्रहरी परिसर टेकुमा प्रदर्शन गर्ने २८ जना नियन्त्रणमा

उनीहरूले अधिवक्ता पाण्डेलाई पक्राउ गर्नुपर्ने बताए पनि परिसरले बुधबार बिहानै पाण्डेलाई पक्राउ गरी बयान लिइरहेको बताइएको छ।
प्रहरी परिसर टेकुमा प्रदर्शन गर्ने २८ जना नियन्त्रणमा

काठमाडाैं, साउन १७ : विवादास्पद अभिव्यक्ति दिएको आरोप खेप्दै आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा २२ जना पुरूष र ६ जना महिला छन्। 

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ले अपराधबारे व्याख्या गर्ने क्रमम तामाङ, मगर समुदायमा दाजुबहिनीबीच विवाह हुने भएकाले उनीहरूबाट जन्मेका सन्तान एकोहोरो हुने अभिव्यक्ति दिएपछि त्यसको विरोध जनाउँदै नेपाल मगर संघ र नेपाल तामाङ घेदुङको अगुवाइमा आज प्रहरी परिसरअगाडि प्रदर्शन भएको थियो। 

Hardik ivf

प्रदर्शन गर्ने क्रममा उनीहरूले ढुंगामुढा समेत भएपछि २८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। ढुंगामुढाबाट १०–१२ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। आङकाजी शेर्पाको नेतृत्वमा गएको समूहले नारावाजी गर्ने क्रममा ढुंगामुढा सुरु भएको जनाइएको छ। 

उनीहरूले अधिवक्ता पाण्डेलाई पक्राउ गर्नुपर्ने बताए पनि परिसरले बुधबार बिहानै पाण्डेलाई पक्राउ गरी बयान लिइरहेको बताइएको छ। प्रदर्शनकारीले पक्राउ परेका पाण्डेलाई देखाएर विश्वास दिलाउनुपर्ने माग गरेका थिए। प्रहरीले दुईवटा संघका अध्यक्षलाई लगेर पक्राउ परेकी अधिवक्ता पाण्डेलाई देखाएको जनाइएको छ। 

गत साता पाण्डेले प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा तामाङ र मगर समूदायमा दाजुभाइबीच विवाह हुने र त्यही जिनका कारण आपराधिक गतिविधि बढ्ने धारणा सार्वजनिक गरेकी थिइन्। 

प्रकाशित मिति: १५:२१ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्