Kathmandu Press

काठमाडौं-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्। उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ।
काठमाडौं-भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी

काठमाडाैं, साउन १७ : अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन्। ओभरल्याप पिच (पिचमाथि गरिएको पिच) गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो। 

अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन्। उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका साथै कालोपत्र उप्किएर दुर्घटनाको जोखिम बढेको छ।

Hardik ivf

काठमाडौँ–सूर्यविनायक, भक्तपुर–धुलिखेल–सिन्धुली–बर्दिवास खण्डअन्तर्गत कतिपय स्थानमा कालोपत्र उप्किएर खाल्डाखुल्डी भएको सडक सुधार आयोजनाका प्रमुख राजेन्द्रलाल दासले बताए। जमिनमुनिको सतहबाट पानी आएकाले कालोपत्र भत्किएर खाल्डाखुल्डी पर्न थालेको भन्दै उनले यसको कारण पत्ता लगाउन सरोकारवाला निकायसँग समन्वय गरी समस्या पहिचानको प्रयास भइरहेको जानकारी दिए। 

'जमिनमुनी सतहबाट पानी आएकाले कालोपत्र भत्किएर सडकमा खाल्डा पर्न थालेको देखिन्छ। यसको कारण पत्ता लगाउन सकेका छैनौँ। अन्य सरोकारवाला निकायका साथै नगरपालिकासँग समन्वय गरिरहेका छौँ', दासले भने, 'समस्याको पहिचान भएपछि स्थायी समाधान हुन्छ। अहिले विकल्पको रुपमा अस्थायी समाधान प्रयास गछौँ।' ढल फुटेर पानी आएको हुनसक्ने भएकाले कारण पत्ता लागेपछि स्थायी समाधान गरिने बताउदै उनले अहिले पानीलाई अन्यत्र पठाएर खाल्डो पुर्ने तयारी भइरहेको जानकारी दिए।

मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गअन्तर्गत थिमि–चारदोबाटो–शङ्खधरचोक खण्डमा पर्ने राष्ट्रिय क्षयरोग केन्द्र अगाडिको सडक मर्मतको पहल थालेको छ। सडकमा भएका खाल्डाखुल्डीका कारण दुर्घटना बढेको जनगुनासो बढेपछि नगरपालिकाले सडक सुधार आयोजना र राष्ट्रिय क्षयरोग केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल गरिएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

केन्द्र अगाडिको मुख्य सडकमा परेको खाल्डो पटक–पटक पुरेपनि खाल्डोपर्ने र पुनःभत्किने क्रम नरोकिएपछि मङ्गलबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले स्थलगत अनुगमन गर्नुभएको थियो। आयोजनाका प्रमुख, आयोजना एवं नगरपालिकाका प्राविधिक, केन्द्रका अधिकारीसहितको टोलीले अनुगमन गरेको बताउँदै उनले समस्या समाधानका लागि सडक किनारमा रहेको खानेपानीको पाइप चुहावटको जाँच गरिएको जानकारी दिए।

सडक पुनःनिर्माण आयोजनाको क्षेत्राधिकारभित्र पर्ने भए पनि खाल्डाखुल्डीले दुर्घटना बढेको जनगुनासो आएपछि समाधानका लागि नगरले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्