Kathmandu Press

लम्पी स्किन रोगलाई महामारी घोषणाकाे माग गर्दै प्रदर्शन

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरु प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।
लम्पी स्किन रोगलाई महामारी घोषणाकाे माग गर्दै प्रदर्शन

काठमाडाैं, साउन १७ : मुलुकभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरि रोकथाम नियन्त्रणका साथ उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ।

लम्पी स्किन रोगका कारण हजारौ पशुको मृत्यु भएको र लाखौ पशुहरु प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।

महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ ।

त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले बताए। उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको उल्लेख गरे।

प्रदर्शनमा सहभागीहरुले लम्पि स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहीन समस्या समाधान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, साउन १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्