Kathmandu Press

कांग्रेस प्रचार विभागले सूचना प्रविधिसम्बन्धी तालिम दिने

विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।
कांग्रेस प्रचार विभागले सूचना प्रविधिसम्बन्धी तालिम दिने

काठमाडाैं, साउन १६ : नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आफने निर्देशिका, २०८० सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको छ।

विभागको आज बसेको बैठकले सो निर्देशिका पारित गरेको पार्टी कार्यालयले जनाएको छ। विभाग प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले पुस्तकालय व्यवस्थापन तथा सञ्चालनका लागि कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ।

Hardik ivf

यसैगरी विभागका प्रमुख एवं सदस्यबीच सूचना प्रविधिसम्बन्धी पुनर्ताजगी कार्यक्रम गर्ने र सोको मिति, समय र स्थान प्रमुखले तोक्ने तथा नियमन तथा व्यवस्थापन गर्ने उद्देश्यले पार्टीका यस विभागको सबै तहका समितिलाई केन्द्रीय कार्यालयको जस्तै फेसबुक एकाउण्ट खोल्न आग्रह गर्ने निर्णय गरेको छ।

यसैगरी बैठकले लोकतन्त्रमा आस्था राख्ने सञ्चार गृह र सञ्चारकर्मीको विवरण प्रेस युनियनसँग समन्वय गरी सङ्कलन गर्ने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:५३ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्