Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ।
दोहोरो अंकले घट्यो नेप्से

काठमाडाैं, साउन १६ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आजको कारोबारमा नेप्से परिसूचक २८.५९ अङ्कले घटेर दुई हजार ७७.५८ को बिन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ।

Hardik ivf

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ०.०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अकले घटको छ।

बैंकिङ समूह १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल तथा पर्यटन १२३, जलविद्युत् २९.९६, लगानी ०.७१ र उत्पादन तथा प्रशोधन समूह ७६.७७ अंकले घटेको छ।

त्यस्तै, लघुवित्त ५४.०९, व्यापार ४४.८३ र अन्य समूह १५.१९ अंकले घटेको छ। आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्