Kathmandu Press

कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

जिल्ला सभापति राजेश्वर खनालका अनुसार साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ। हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्याङ्क छ।
कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने

चितवन, साउन १६ : नेपाली कांग्रेस चितवनले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ। ६० प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो।
 
१४औं महाधिवेशनमा चितवनमा  २८ हजार दुई सय क्रियाशील सदस्य थिए। क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा चारवटा वडामा क्रियाशील सदस्यभन्दा कम मत पार्टीका उम्मेदवारले पाएकाले क्रियाशील सदस्य नवीकरणमा कडाइ गर्न लागिएको हो।
 
जिल्ला सभापति राजेश्वर खनालका अनुसार साउन ६ गतेदेखि सबै वडामा सदस्यता नवीकरण अभियान थालिएको छ। हालसम्म ५० प्रतिशत हाराहारीले नवीकरण गरेको तथ्याङ्क छ।

केही समय थप गरेर नवीकरण टुङ्ग्याउने पार्टीको तयारी छ। यद्यपि पार्टीका उम्मेदवारलाई भोट नहाल्नेलाई कुनै हालतमा पनि नविकरण नगर्न वडाहरुलाई भनिएको छ।
 
जिल्ला समितिले स्वघोषणापत्रमा सदस्यताको अनिवार्य हस्ताक्षर हुने गरी फारम पठाएको छ। स्वघोषणापत्रमा भनिएको छ, ‘मैले नेपाली कांग्रेसको नीति, दृष्टिकोण, विचारअनुसार र नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना नगरेको कहीँ कतैबाट प्रमाणित भएमा क्रियाशील सदस्यता रद्द गरे मेरो पूर्ण मञ्जुरी रहने छ।’

Hardik ivf

पार्टीको सदस्य भएर पनि विगतका निर्वाचनमा पार्टीप्रति सकारात्मक भूमिका निर्वाह नगर्नेहरु नवीकरण गर्न नआउनु भन्ने पार्टीको मान्यता रहेको सभापति खनालले बताए।

उपनिर्वाचनमा चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं ४, ५, १० र कालिका नगरपालिकाको वडा नंं ६ मा क्रियाशील सदस्यभन्दा कम मत आएको थियो।

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्