Kathmandu Press

सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ।
सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

काठमाडौं, साउन १६ : नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ।

छापावाल सुन मंगलबार प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ कायम छ।

महासंघका अनुसार प्रतितोला २५ रुपैयाँले बढेको चाँदीको मूल्य मंगलबार एक हजार ४७५ रुपैयाँ कायम छ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, साउन १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्