Kathmandu Press

सहकारी पीडित दुई अभिनेत्री धर्नामा

सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरुमाइतीघर मण्डलामा दशघण्टे अनशनमा बसेका हुन्।
सहकारी पीडित दुई अभिनेत्री धर्नामा

काठमाडाैं, साउन १५ : विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरुको धर्नामा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी भर्नामा बसेका छन्।

सिभिल सहकारीले आफुहरुले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरुमाइतीघर मण्डलामा दशघण्टे अनशनमा बसेका हुन्। उनीहरु आज राति १० बजेसम्म अनशनमा बस्ने छन्।

Hardik ivf

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफुहरु निकै समस्यामा परेको भन्दै उनीहरुले सरकारले उचित तवरले समस्या समाधान गर्न आग्रह गरेका छन्।

भुसालले सहकारीबाट दुःख पाएको तीन वर्ष भएको भन्दै सहकारी सञ्चालकहरुको सम्पती बिक्रि गरेर पीडितलाई न्याय दिनुपर्ने बताइन्। उनले आफुलगायत परिवार १४ जनाको दुई करोड ६० लाख तथा भुवन–चैत्य बसुन्धरा फाउण्डेसनकातर्फबाट राखिएको १५ लाख समेत फसेको गुनासो गरिन्।

उनले हजारौं सहकारीको बदमासीलाई सरकारले कारबाही गर्नुपर्ने बताइन्।  

घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए। अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन्।

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्