महिला विश्वकप : अस्ट्रेलिया र नाइजेरिया नकआउटमा

काठमाडौं, साउन १५ : आयोजक अस्ट्रेलिया र नाइजेरिया महिला विश्वकप नकआउट चरणमा प्रवेश गरेका छन्।
सोमबारको खेलमा अस्ट्रेलियाले क्यानडामाथि ४–० को प्रभावशाली जित निकाल्यो।
अस्ट्रेलियाको जितमा हेयलेय रासोले २ गोल गरिन् । यस्तै म्यारी फाउलर र स्टेफान क्याटलीले १र१ गोल गरेका थिए । नकआउट पुग्ने अस्ट्रेलियालाई जितको आवश्यकता थियो।
अर्को खेलमा आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै नाइजेरियाले पनि अन्तिम १६मा स्थान बनायो।
समूह बीमा अस्ट्रेलिया ६ अंकसहित शीर्षमा रह्यो भने नाइजेरिया ५ अंकमा दोस्रोमा रह्यो। क्यानडा भने ४ अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ। आयरल्यान्ड १ अंकमै सीमित रह्यो ।
प्रकाशित मिति: १८:५९ बजे, सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












