Kathmandu Press

शेयर बजारमा थप सकारात्मक संकेत, अब के होला ?

काठमाडौं, फागुन ४ : नेप्से परिसूचक १९ दशमलव ३९ अर्थात १ दशमलव ४४ प्रतिशतले बढेर १३६३ दशमलव ९७ को विन्दुमा बन्द भएको छ। 

सर्वाधिक व....

शेयर बजारमा थप सकारात्मक संकेत, अब के होला ?

काठमाडौं, फागुन ४ : नेप्से परिसूचक १९ दशमलव ३९ अर्थात १ दशमलव ४४ प्रतिशतले बढेर १३६३ दशमलव ९७ को विन्दुमा बन्द भएको छ। 

सर्वाधिक वृद्धि हने समूहमा निर्जीवन बीमा र जीवन बीमा रहेको छ। यिनीहरुमा क्रमशः ६ दशमलव ७२ र ५ दशमलव २२ प्रतिशतको वृद्धि रहेको छ। बैंकिङ्ग समूहमा भने ० दशमलव ४५ प्रतिशतको वृद्धि रहेको छ। 

आज बजार खुलेको र बन्द भएको विन्दु नै क्रमशः न्यून र उच्च विन्दु रहेकाले यसलाई शेयर बजारमा सकारात्मक मानिन्छ। त्यस्तै, आज १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकाले बढ्दो बजारमा कारोबार रकम बढेकाले यसलाई पनि सकारात्मक मानिन्छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको १८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज राधी विधुत कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव ४९ प्रतिशतले कमाए भने नविल व्यालेन्स फण्ड २ का इकाइधनीले सर्वाधिक ६ दशमलव ६७ प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले हाल ‘एसेन्डिङ्ग ट्रायङ्गल’ को माथिल्लो प्रवृत्ति रेखा अर्थात प्रतिरोध क्षेत्रलाई तोडेको देखिन्छ। यो आकृति प्राय जसो बुलिस प्रकृतिको हुने गर्दछ। कारोबार रकम पनि बढेकाले बजारले यो प्रतिरोध क्षेत्रलाई निश्चित रुपमा तोड्न सफल हुन सक्ने प्रवल सम्भावना देखिन्छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, तीन दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दुई कारोबार दिन प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८० दशमलव ९५ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकले हाल बजार सकारात्मक रहेको र अर्को सामान्य तत्कालीन प्रतिरोध १३९० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १३५० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेतलाई पनि नकार्न सकिन्न। 
 

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, फागुन ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्