Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक साउन १९ बाट

आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरु गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए।
एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्युरो र स्थायी कमिटी बैठक साउन १९ बाट

काठमाडाैं, साउन १५ : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ देखि सुरु हुने भएको छ।

आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरु गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए।

Hardik ivf

उहाँका अनुसार केन्द्रीय सचिवालय बैठक यही साउन १९ गते बिहान ८ बजे पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बस्ने भएको छ। 

त्यसैगरी स्थायी कमिटी बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा, पोलिटब्युरो आउँदो भदौ ३ र ४ गते पार्टी केन्द्रीय कार्यालय तथा केन्द्रीय कमिटी बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजे कान्तिपुर गार्डेन ब्याङ्क्वेट, बालकुमारी, ललितपुरमा बस्ने भएको छ।

उक्त बैठकमा रिपोर्टिङर राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायत विविध विषयमा छलफल गरिने सो पार्टीले जनाएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, साउन १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्