भक्तपुरकाे दत्तात्रय मन्दिरमा भक्तजनकाे भिड
साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गर्ने गर्छन्।भक्तपुरकाे दत्तात्रय मन्दिरमा पनि भक्तजनकाे भिड लागेकाे छ।
भक्तपुर, साउन १५ : साउन महिनाको तेस्रो सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरिएको छ।
साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गर्ने गर्छन्।भक्तपुरकाे दत्तात्रय मन्दिरमा पनि भक्तजनकाे भिड लागेकाे छ।
साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ।
उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबार भक्तपुर स्थित दत्रातय मन्दिरमा भक्तजनको भिड लागेको छ।
ब्रम्हा, विष्णु र महेश्वरकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा साउन महिनामा विशेष पुजाआजा गर्ने गरिन्छ। प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर राजा यक्ष मल्लले बनाउन लगाएका थिए।