Kathmandu Press

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णयहरु

मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ।
यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णयहरु

हेटौंडा, साउन १४ : बागमती प्रदेश सरकारले दुई जना प्रदेश सचीवमा बढुवा गर्ने निर्णय गरेको छ।

आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

Hardik ivf

बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको उनले बताए। उनका अनुसार, ऐनअनुसार सो तह प्रदेश सचिवसरह हुने व्यवस्था रहेको छ।

प्रदेश सरकारले यसअघि नै ऐनअनुसार दुई जनालाई ११औं तहमा बढुवा गरी पदस्थापन गरिसकेको छ। यो निर्णयसँगै प्रदेश सरकारमा चार जना सचिव नियुक्त भएका छन्।

बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी, बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्