काभ्रेका निर्माण व्यवसायीद्वारा सिडिओ कार्यलयमा धर्ना
निर्माणका व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायत ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका थिए।प्रर्दशनमा व्यवसायीहरूले बिमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्छ।काभ्रे, साउन १४ : काभ्रेका निर्माण व्यवसायीले आज जिल्ला प्रशासन कार्यलय काभ्रेपलान्चोक धुलिखेलमा घेराउ गरेका छन्।
निर्माण व्यवसायी हरूले बिहान १० बजेदेखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यलय घेराउ गरेका हुन्। निर्माणका व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायत ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका थिए।
प्रर्दशनमा व्यवसायीहरूले बिमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने विभिन्न निकाएमा काम गरेबापतको रकम तुरून्त भुक्तानी गर्नुपर्ने लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।
जिल्ला प्रसासन कार्यालय काभ्रेमा निर्माण व्यवसायी संघ काभ्रेको आयोजना गरेको धर्ना र जुलुस भएका योजनाको भुक्तानी, मूल्यसमायोजन, एकमुष्ट म्याद थप लगायतका मागहरु साथ चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको निर्माण व्यावसायिक संघको केन्द्रिय सदस्य उपेन्द्र घिसिङले बताए।