Kathmandu Press

नेपालमा पनि मनाइयाे विश्व बाघ दिवस

दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ।
नेपालमा पनि मनाइयाे विश्व बाघ दिवस

काठमाडौं, साउन १३ : विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ। दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ।

Hardik ivf

कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पछिल्लो केहि बर्ष नेपालमा बाघको संख्यामा बृद्धि भएपनि संरक्षणमा चूनौति देखिएको बताए। जंगलको वरिपरि बस्ती रहेपनि वनको उपयोगमा प्रतिवन्ध लगाउदा स्थानीय जनतामा समस्या देखिएको धारणा राखे। उनले वनको स्रोतको उपयोग गर्दै राष्ट्रलाई समृद्ध गर्न सकिने भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिए।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो। पाटे बाघ विश्वका १३ देशमा पाइन्छन्।

ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ।

प्रकाशित मिति: १७:४२ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्