Kathmandu Press

दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको मृत्यु भएको हो।
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

काठमाडौं, साउन १३ : दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको मृत्यु भएको हो।

जाजरकोटको खलङगा गाउँपालिका–६ का बाँठा रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ।

प्रकाशित मिति: ०६:५५ बजे, शनिबार, साउन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्