Kathmandu Press

अनुराग गोयलको नेतृत्वमा सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३ र २०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो। नवनिर्वाचित अध्यक्ष गोयल गोयल ग्रुपका प्रबन्ध निर्देशक छन्।
अनुराग गोयलको नेतृत्वमा सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति

काठमाडाैं, साउन १२ : नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ।

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३ र २०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो। नवनिर्वाचित अध्यक्ष गोयल ग्रुपका प्रबन्ध निर्देशक छन्।

Hardik ivf

कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत सङ्घाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन्।

युवा उद्यमी मञ्चले नवप्रवर्तन र युवालाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष गोयलले बताए। उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा सङ्गठन हो। मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल हुनुहुन्थ्यो भने निवर्तमान अग्रवाल प्राशी अग्रवाल थिए।

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, साउन १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्