‘मल खरिद प्रक्रिया सहज बनाउन खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको छ’
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुषालले विधमान ऐनले खरिद प्रक्रिया र समय धेरै लाग्ने देखिएकाले खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको जानकारी दिएका हुन्।काठमाडाैं, असार २१ : कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुषालले मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको जानकारी दिएका छन्।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री भुषालले विधमान ऐनले खरिद प्रक्रिया र समय धेरै लाग्ने देखिएकाले खरिद ऐन र नियमावली संशोधन गर्न लागिएको जानकारी दिएका हुन्।
खरिद ऐन र नियमावली संशोधन भएर ४५ दिन लाग्ने खरिद प्रक्रिया १५ दिनमा नै टुंगिने उनले बताए। उनले मल आयातलाई नियमित गर्न जी.टु.जी मार्फत जानुपर्ने र बजेटको अग्रिम सुनिश्चितता हुनुपर्ने उल्लेख गरे। रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक र जैविक मललाई प्राथमिकता दिनुपर्ने उनले बताए। मन्त्री भुषालले यो बर्ष रसायनिक मलको मूल्य घटेका कारण अघिल्लो बर्ष भन्दा धेरै मल आयात गरिने जानकारी दिए।
त्यस्तै बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले रासायनिक मल कारखाना स्थापना गर्न अध्ययन भइरहेको जानकारी दिए। उहाले लगानीकर्तालाई समेत कारखाना स्थापना गर्नका लागि अहिलेको माग र प्रयोगको अवस्था लगाएतका बारेमा अध्ययन गर्न अझै दुई बर्ष लाग्ने बताए।
बैठकमा समिति सदस्यहरुले मलको माग र आयातलाई व्यवस्थीत गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका थिए। समिति सदस्य बिष्णु पौडेलले मल आयातलाई सहज गर्न आवश्यक परे ऐन कानून संशोधन गर्न तयार हुनुपर्ने बताए। उनले आगामी वर्षका लागि आवश्यक मल आयातका लागि यहि बर्षदेखि नै तयारी गर्नुपर्ने जिकिर गरे।
त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले मलका लागि बजेट कमी हुन नदिने प्रतिवद्धता आइसकेको अवस्थामा कृषि उत्पादनलाई बृद्धि गर्न समयमा नै मल आपूर्तिको व्यवस्था गर्नुपर्ने बताए। उहाले कृषिजन्य बस्तुको आयातलाई न्यूनिकरण गर्दै उत्पादनलाई बढाउने गरि नीति नियम बनाउनुपर्ने उल्लेख गए।
बैठकमा समितिका ज्येष्ठ सदस्य विनोद कुमार चौधरीले कृषकलाई आवश्यक पर्ने मलको तत्काल सहज र प्रयाप्त उपलव्धता सुनिश्चित गर्न र सो समस्याको दिर्घकालिन समाधानका आवश्यक अध्ययन अनुसन्धान गर्न सुझाव दिए।