प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जना
भ्रमण टोली घटाउनुपर्ने अवस्था देखिएन: मन्त्री पाण्डेकाठमाडौं, मंसिर १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधामन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने निश्चित भएको जानकारी दिए।
भ्रमणमा जाने टोली ८७ सदस्यीय रहने पनि मन्त्री पाण्डेले जानकारी दिए।
'भ्रमण टोलीमा निजी क्षेत्रको ठूलो उपस्थिती छ। उहाँहरू आफ्नै खर्चमा जानुहुन्छ,' मन्त्री पाण्डेले भने।
आवश्यकताका अनुसार भ्रमण टोली घटाउने ठाउँ नदेखिएको मन्त्री पाण्डेले बताए।
भ्रमणको एजेन्डा भने तय भइनसकेको उनले बताए।
'एजेन्डा तय भइसकेको छैन। एजेन्डा तय गर्न मन्त्रिपरिषद्को अर्को बैठक बस्ला,' उनले भने।
बिहीबारको बैठकले नियमित विषयमा छलफल र निर्णय भएको पनि उनले बताए।