Kathmandu Press

नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार 

बुधबार ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार 

काठमाडौं, मंसिर १२ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा कायम भएको हो। 

बुधबार ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब  ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँ बराबरको कारोबार भएको छ।

दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुसी लघुवित्त वित्तीय संस्था र  ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको छ भने मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा बुधबार जानकी फाइनान्स ३४ करोड बढी मूल्यको सेयर कारोबार गरी शीर्षस्थानमा रहेको छ। त्यस्तै एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड, पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४÷२४ करोडको सेयर कारोबार भएको छ।

कारोबारमा आएका १९९ स्टक्सको मूल्य बढ्दा ४० वटाको घटेको छ। अन्य समूहको उपसूचक भने सकारात्मक देखिएका छन्। आज ट्रेडिङ समूह उपसूचक सर्वाधिक ९.२७ अंकले बढेको छ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, मंसिर १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्