Kathmandu Press

साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित रिसोर्टले सन् २०२६ का लागि नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटलररिसोर्ट’ विधामा अवार्ड प्राप्त गरेको हो । काठमाडौं र पोखराको लगभग मध्यभागमा पर्ने यस ठाउँको परिचय पछिल्ला वर्षहरूमा बदलिँदै गएको छ ।
साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक

काठमाडौं, असोज ३० : पृथ्वी राजमार्गमा पर्ने चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले लगातार तेश्रो वर्ष दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) जित्दै ह्याट्रिक गर्न सफल भएको छ । 

सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित रिसोर्टले सन् २०२६ का लागि नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटलररिसोर्ट’ विधामा अवार्ड प्राप्त गरेको हो । काठमाडौं र पोखराको लगभग मध्यभागमा पर्ने यस ठाउँको परिचय पछिल्ला वर्षहरूमा बदलिँदै गएको छ । कुनै बेला लामो यात्राका क्रममा केहीबेर सुस्ताउने थलोका रूपमा चिनिने चुम्लिङटार अहिले परिवारसँग छुट्टी मनाउने, साथीभाइसँग रमाउने र प्रकृतिको सामीप्यमा फुर्सदका क्षण बिताउने गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

नदी किनारको मनमोहक दृश्य, फराकिलो बगैंचा र शान्त वातावरण रिसोर्टका मुख्य आकर्षण हुन् । रिसोर्टमा पौडी पोखरी, खुला वातावरणमा रमाउन सकिने आउटडोर जाकुजी, ‘माया अल डे डाइनिङ’ र रिभर फ्रन्ट रेस्टुरेन्ट, सभा तथा समारोह आयोजना गर्न मिल्ने इभेन्ट हल र सुविधासम्पन्न कोठाहरू छन् ।

प्रकृतिसँग नजिकिएर आराम गर्न चाहनेदेखि पारिवारिक जमघट, संस्थागत कार्यक्रम र उत्सव आयोजना गर्नेसम्मका पाहुनालाई लक्षित गरी रिसोर्टले आतिथ्य सेवा विस्तार गरेको छ ।

सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार सिद्धार्थ रिभरसाइड रिसोर्टलाई राजमार्गमा यात्रा गर्ने यात्रुहरूको विश्रामस्थलका रूपमा मात्र नभई आफैंमा एउटा आकर्षक छुट्टी गन्तव्यका रूपमा विकास गरिएको हो ।

“काठमाडौं र पोखराको लगभग मध्यभागमा रहेको चुम्लिङटार आफैंमा सुन्दर प्राकृतिक गन्तव्य हो । हामीले यहाँको नदी किनारको वातावरणलाई फराकिलो बगैंचा, पौडी पोखरी, आउटडोर जाकुजी, माया अल डे डाइनिङसहितका रेस्टुरेन्ट, इभेन्ट हल र सुविधासम्पन्न कोठाहरूसँग जोडेर पाहुनालाई पूर्ण आतिथ्य अनुभव दिने प्रयास गरेका छौं,” न्यौपानेले भने, “हाम्रो उद्देश्य यात्राका क्रममा केही घण्टा बिताउने ठाउँ बनाउनु मात्र होइन, पाहुनाहरू विशेष रूपमा छुट्टी मनाउन आउने गन्तव्यका रूपमा सिद्धार्थ रिभरसाइड रिसोर्टलाई स्थापित गर्नु हो ।”

उनका अनुसार लगातार तेस्रो वर्ष प्राप्त अन्तर्राष्ट्रिय स्तरको सम्मानले रिसोर्टको सेवा गुणस्तर र आतिथ्यप्रतिको प्रतिबद्धतालाई थप प्रोत्साहन दिएको छ ।

काठमाडौं र पोखरा र चितवनलाई जोड्ने मुख्य राजमार्गमै अवस्थित हुनु रिसोर्टको अर्को विशेषता हो । प्रमुख पर्यटकीय शहरहरूबीचको यात्रामा सहज पहुँच भए पनि यसको आकर्षण बाटोमा पर्ने विश्रामस्थल हुनुमा मात्र सीमित छैन । पाहुनाले गन्तव्यकै रूपमा चुम्लिङटार रोजेर एक वा एकभन्दा बढी दिन बिताउन सक्ने वातावरण निर्माण गर्नु रिसोर्टको विशेषता बनेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड पर्यटन तथा आतिथ्य क्षेत्रका विभिन्न विधामा प्रदान गरिने क्षेत्रीय सम्मान हो । लगातार तेस्रो वर्ष ‘लिडिङ रिभरफ्रन्ट होटलररिसोर्ट’ अवार्ड प्राप्त गर्नुले सिद्धार्थ रिभरसाइड रिसोर्टको पहिचानलाई राष्ट्रिय सीमाभन्दा बाहिर पुर्‍याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १०:४० बजे, शुक्रबार, असोज ३०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्