सञ्चालनमा आएको आठ महिनामै हिमालयन हाइडअवेलाई अन्तर्राष्ट्रिय अवार्ड
अक्टोबर ८ मा माल्दिभ्समा आयोजित साटा अवार्ड समारोहमा रिसोर्टलाई उक्त सम्मान प्रदान गरिएको हो । फेब्रुअरी ६ मा सञ्चालनमा आएको रिसोर्टले छोटो समयमै अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पहिचान बनाउन सफल भएको छ । नेपालको पर्यटन गन्तव्य पोखरामा खुलेको यस रिसोर्टले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा नहुँदै प्राप्त गरेको यो सम्मानलाई उपलब्धिका रूपमा लिइएको छ ।
काठमाडौं, असोज २९ : पोखराको कास्कीकोटमा रहेको हिमालयन हाइडअवे रिसोर्टले सञ्चालनमा आएको आठ महिनाभन्दा कम समयमै प्रतिष्ठित साउथ एसियन ट्राभल अवार्ड्स (साटा) २०२६ अन्तर्गत ‘बेस्ट न्यू होटल/रिसोर्ट’ अवार्ड जितेको छ ।
अक्टोबर ८ मा माल्दिभ्समा आयोजित साटा अवार्ड समारोहमा रिसोर्टलाई उक्त सम्मान प्रदान गरिएको हो । फेब्रुअरी ६ मा सञ्चालनमा आएको रिसोर्टले छोटो समयमै अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पहिचान बनाउन सफल भएको छ । नेपालको पर्यटन गन्तव्य पोखरामा खुलेको यस रिसोर्टले आफ्नो स्थापनाको पहिलो वर्ष पूरा नहुँदै प्राप्त गरेको यो सम्मानलाई उपलब्धिका रूपमा लिइएको छ ।
थाइल्यान्डस्थित सेन्टारा होटल्स एन्ड रिसोर्ट्सअन्तर्गत सञ्चालित हिमालयन हाइडअवेमा ४२ वटा कोठा, सुइट तथा भिला छन् । पाहुनालाई आरामदायी बसाइसँगै स्थानीय संस्कृति र जीवनशैलीको अनुभव प्रदान गर्ने उद्देश्यले रिसोर्टले विभिन्न सेवा तथा गतिविधि उपलब्ध गराउँदै आएको छ । यहाँ स्वास्थ्य तथा तन्दुरुस्तीसम्बन्धी सेवा, स्थानीय गाउँको निर्देशित भ्रमण, पदयात्रा तथा नेपाली र अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सकिने भोजन सुविधा उपलब्ध छन् ।
रिसोर्टकी महाप्रबन्धक प्रपाइजित थोङ्माले साउथ एसियन ट्राभल अवार्ड्सबाट ‘बेस्ट न्यू होटल/रिसोर्ट २०२६’ सम्मान प्राप्त गर्दा आफूहरू अत्यन्त गौरवान्वित भएको बताइन् । सञ्चालनको छोटो अवधिमै प्राप्त यस सम्मानले रिसोर्टको सेवा र आतिथ्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साउथ एसियन ट्राभल अवार्ड्स दक्षिण एसियाली पर्यटन तथा आतिथ्य क्षेत्रका विभिन्न प्रतिष्ठानलाई सम्मान गर्ने अवार्ड कार्यक्रम हो । यस अवार्डले क्षेत्रीय पर्यटन उद्योगमा उत्कृष्टता, सेवा र नयाँ पर्यटन उत्पादनको पहिचानलाई प्रोत्साहन गर्दै आएको छ ।