Kathmandu Press

उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ 

पछिल्लो समय आर्थिक सूचकांकहरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए। 
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ 

काठमाडौं, मंसिर १३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन्। 

भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताए। 

Hardik ivf

पछिल्लो समय आर्थिक सूचकांकहरुमा सुधार देखिएको उल्लेख गर्दै उनले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए। 

‘पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ,’ उनले भने। 

उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए। स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ। 

नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उनले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे। 

‘सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ,’ मन्त्री भण्डारीले भने।

सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उनले बताए। 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, मंसिर १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्