Kathmandu Press

शेयर बजारमा आज ४ दशमलव २८ अंकको वृद्धि

काठमाडौं, माघ २७ : नेप्से परिसूचक ४ दशमलव २८ अंकले बढेर १३४२ दशमलव २६ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ० दशमलव ३२ प्रतिशतले बढेको छ....

शेयर बजारमा आज ४ दशमलव २८ अंकको वृद्धि

काठमाडौं, माघ २७ : नेप्से परिसूचक ४ दशमलव २८ अंकले बढेर १३४२ दशमलव २६ को विन्दुमा बन्द भएको छ।

दोस्रो बजार ० दशमलव ३२ प्रतिशतले बढेको छ। १३२० दशमलव ७७को विन्दुमा खुलेको दोस्रो बजार १३२९ दशमलव ८५ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १३१५ दशमलव ३७ रहँदा सोमबार ९३ करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजार अवस्था  

सर्वाधिक कारोबार हुने 
सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १३ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ। 

सर्वाधिक कमाउने र गुमाउने 
सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक ८ दशमलव १० प्रतिशतले कमाए भने एभरेस्ट बैंकका अग्राधिकार शेयरधनीले सर्वाधिक ७ दशमलव ३६ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १३२८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार यो प्रतिरोधभन्दा माथि गएपनि स्थिर रहेन र बजार १३२४ दशमलव २६ को विन्दुमा बन्द भएको छ।  

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १३५५ मा प्रतिरोध सामना गरी बजार सच्चिरहेको देखिन्छ। आज बजारले ‘स्पिनिङ्ग टप’ मैनबत्ती आकृति बनाएको छ। यसले केही समयदेखि घट्दो प्रवृत्तिमा रहेको बजारमा परिवर्तन हुन सक्ने संकेत गर्दछ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज च्यानलमा सीमित रही बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५७ दशमलव ०४ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केही समय सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकले बजार केही सकारात्मक हुन सक्ने देखिएको र अर्को तत्कालीन सामान्य प्रतिरोध, चित्र नं. २ मा देखिए बमोजिम च्यानलको माथिल्लो प्रवृति रेखा हुन सक्ने देखिन्छ। १३०० देखि १३२० को क्षेत्र टेवाको रुपमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, माघ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्