Kathmandu Press

मन्त्री सिंहको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

मन्त्री सिंहको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडाैं, असार ५ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उनकी श्रीमती अमृतादेवी र भाउजु जयादेवी सिंहको सवारी दुर्घटनामा निधन भएकामा श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । आज दिउँसो बझाङको कदारस्यु गाउँपालिका–१ झारछडस्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो । 


विस्तृत समाचारः सुदूरपश्चिम प्रदेशका मन्त्री सिंहको निधन 


प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्