धनुषामा कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति
मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए।काठमाडाैं, जेठ ३२ : धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ।
मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए।
स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा रू एक करोड बढीको क्षति भएको उनले जानकारी दिए।
प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए।
उनले समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो।
प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ’सोमबार, मंसिर १०, २०८१
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहलसोमबार, मंसिर १०, २०८१
पहाडी भेगका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावनासोमबार, मंसिर १०, २०८१
चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै ओली सोमबार, मंसिर १०, २०८१