Kathmandu Press

आक्रोशित विद्यार्थीले गरे गाउँपालिका कार्यालयमा ढुंगामुढा  

चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले ढुंगामुढा गर्दै गाउँपालिका कार्यालय तोडफोड गरेका हुन्। विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै विरोधमा उत्रेका थिए। 
आक्रोशित विद्यार्थीले गरे गाउँपालिका कार्यालयमा ढुंगामुढा  

सर्लाही, जेठ २२ : जिल्लास्थित चन्द्रनगर गाउँपालिका कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्। 

चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले ढुंगामुढा गर्दै गाउँपालिका कार्यालय तोडफोड गरेका हुन्। विद्यार्थीहरुले नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै विरोधमा उत्रेका थिए। 

Hardik ivf

इन्ष्टिच्युटबाट नाराबाजी गर्दै विद्यार्थीको समूह पालिका कार्यालय पुगेको थियो। त्यसपछि सडकमा टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरिएको थियो।

तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा क्षति पुगेको जनाइएको छ। २०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटमा शिक्षक अभावका कारण नियमित पठनपाठन हुन नसकेपछि विद्यार्थीहरु आक्रोशित बनेका हुन्। 

यसैबीच गाउँपालिकाको कार्यालयले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष दुईदिनदेखि बाहिर रहेको मौकामा कार्यालय तथा घरमा तोडफोड गरेको बताएको छ।

विज्ञप्तिमा गाउँपालिकाका कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरिएको जनाइएको छ। यस्तै, तोडफोड र कुटपिटको घटनामा संलग्नमाथि कारबाहीको माग गरिएको छ।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, जेठ २२, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्