भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद
भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा शनिबार राति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए।महोत्तरी, जेठ १३ : महोत्तरी प्रहरीले गए राति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।
जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका ९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा शनिबार राति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए।
प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १२:५७ बजे, आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग छलफलसोमबार, मंसिर १०, २०८१
‘एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ’सोमबार, मंसिर १०, २०८१
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहलसोमबार, मंसिर १०, २०८१
पहाडी भेगका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावनासोमबार, मंसिर १०, २०८१