Kathmandu Press

प्रअ सरुवाको विरोधमा बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी

आक्रोशित समूहले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष तोडफोड गरेर कागजपत्रमा बाहिर ल्याई आगो लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रअ सरुवाको विरोधमा बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी

बारा, जेठ ८ : बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्। प्रधानाध्यापक सरुवाको विषयलाई लिएर असन्तुष्ट समूह र विद्यार्थीहरुले आज गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। 

हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि गाउँपालिका कार्यालयमा तोडफोड गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

आक्रोशित समूहले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष तोडफोड गरेर कागजपत्रमा बाहिर ल्याई आगो लगाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ।

उनीहरूले ताेडफाेड र आगजनीसँगै १० वटा मोटरसाइकल पनि तोडफोड गरेका छन्। सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका हुन्।

पालिका प्शासनकाअनुसार बिहान घटना भए पनि अहिले स्थिति सामान्य छ। अप्रिय घटनापछि अब के गर्ने भन्ने विषयमा बैठक बसेर नै टुंगोमा पुग्ने प्रयास भइरहेको प्शासनको भनाइ छ। प्रधानाध्यापकहरुको सरुवा सहमतिमै भएको जनाइएको छ।

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्